arrow

वालेन्द्र पक्का, २२ हजार मत गन्न बाँकी छँदा सिर्जनासँग २० हजार बढी मतको अन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
walendra-keshav-srijana.jpg

काठमाडौं । सर्वाधिक प्रतिक्षाको काठमाडौं महानगरपालिकाको स्थानीय तहको निर्वाचनबाट नेतृत्वकर्ताको छिनोफानो २० हजार मत गन्न बाँकी छँदै लाग्ने भएको छ । 

हाल करिब २२ हजारमात्र मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा २० हजार बढी मतले अगाडि छन् । 

करिब एक लाख ९१ हजार ५९ मत खसेमध्ये अब मात्र २२ हजारको हाराहारीमा मत गन्न बाँकी छँदा वालेन्द्रले ५४ हजार ७१८ मत ल्याएका छन् । सिर्जनाले ३४ हजार ६०८ मत ल्याएकी छिन् । 

अर्थात् मतान्तर २० हजार ११० मतको रहेको छ । तेस्रो स्थानका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत ल्याएका छन् । 

चौथो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी रहेका छन् । उनले ९ हजार ६०५ मत ल्याएका छन् । राप्रपाका मदनदास श्रेष्ठ २ हजार ९९६ मतसहित पाँचौं स्थानमा छन् । 

उपमेयरतर्फ एमालेकी सुनिता डंगोल भने विजयी भइसकेकी छिन् । मतान्तर मत गन्न बाँकी भएभन्दा पनि निकै बढी भएका कारण पनि सुनिताले यसअघि नै जित निकालेकी हुन् । 

उनले ५१ हजार २०७ मत ल्याएकी छिन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ३४८ मतमात्र ल्याएका छन् । 

तेस्रो स्थानकी राप्रपाकी बिनिता मगैयाले ८ हजार ९१६ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले ८ हजार २५९ तथा स्वतन्त्र उम्मेदवार वेन्जीसिंह महर्जनको ४ हजार ८५२ मत रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ