arrow

जेलेन्स्की भन्छन् : सबै भूभाग फिर्ता ल्याउछाैं, मध्यस्थकर्ताबाट हैन सोझै पुटिनसँग कुरा गर्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
volodymyr-zelensky-ukraine.jpg

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मध्यस्थकर्तामार्फत नभएर सीधा वार्ता गर्ने बताएका छन् । जेलेन्सीकले यदि रुसी राष्ट्रपतिले 'वास्तविकता बुझे' भने त्यहाँ द्वन्द्वबाट कूटनीतिक बाटो खोज्ने सम्भावना भएको बताएका छन् ।

जेलेन्स्कीले स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चका दर्शकमाझ बोल्दै युक्रेनले आफ्नो सम्पूर्ण क्षेत्र फिर्ता नगरेसम्म लड्ने बताएका छन् । युक्रेनी राष्ट्रपतिले भनेका छन् कि रुसले फेब्रुअरी २४ मा आक्रमण शुरु गर्नुअघि मास्कोले आफ्नो सेना जहाँ राखेको थियो त्यहीँ फिर्ता लैजानुपर्छ । उनले रुसको युद्ध अन्त्य गर्न आफ्नो भूमि नछोड्ने बताएका हुन् ।

द्वन्द्वको अन्त्य गर्न वार्ता गर्न सम्भव छ कि छैन भन्ने बारे सीएनएनका फरीद जकारियाको प्रश्नको जवाफमा जेलेन्स्कीले अनुवादकमार्फत भने, 'युक्रेनले आफ्नो क्षेत्र स्वीकार गर्ने छैन, हामी हाम्रो देशमा, हाम्रो भूमिमा लडिरहेका छौं, यो कसैविरूद्धको होइन । तर हाम्रो भूमि, हाम्रो स्वतन्त्रता, हाम्रो स्वाधिनता र हाम्रो भविष्यको लागि युद्ध हो ।'

'यो वार्ताको दिशामा पहिलो कदम हुन सक्छ,' उनले अघि भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ