arrow

अमेरिकामा बन्दुकसहित विद्यार्थी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
arrest1.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीमा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि टेक्सासकै  एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् । 

प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो । 

१८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको हत्या गरेको भोलिपल्ट यो घटना भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ