arrow

चीनले बमवर्षक र उत्तर कोरियाले मिसाइल हानेपछि जापान र अमेरिकाले उडाए लडाकु विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १२ बिहिबार
japan-us-fighter-plane-jet.jpg

काठमाडौं । जापान र अमेरिकाले जापान सागरमा संयुक्तरुपमा लडाकू विमानको उडान भरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन टोकियोमा हुँदा रुस र चीनले जापान बमवर्षकको उडान भरेका थिए भने उत्तर कोरियाले अन्तरमहादेशीय सहित तीन मिसाइ प्रक्षेपण गरेको थियो ।

जापानको रक्षा मन्त्रालयले बिहीबार भने रुस-चीन संयुक्त बमवर्षक उडानको स्पष्ट प्रतिक्रियामा अमेरिका र जापानले संयुक्तरुपमा लडाकु विमानको उडान भरेको बताएका छ ।

बुधबारको जापान-अमेरिकी संयुक्त उडान  'जापानी एसडीएफ र अमेरिकी सेनाको संयुक्त क्षमता पुष्टि गर्न र जापान-अमेरिकी गठबन्धनलाई अझ बलियो बनाउनको लागि थियो,' जापानी सेल्फ डिफेन्स फोर्सको संयुक्त स्टाफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'कुनै पनि आपतकालीन प्रतिक्रियाको लागि हामी पूर्णतया तयारी गरिरहेका छौं।'

प्योङयाङले अर्को आणविक परीक्षण गर्ने चिन्ताको बीचमा उक्त उडान गरिएका हुन् । उत्तर कोरियाले प्रक्षेपण गरेका उक्त मिसाइलहरू जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिरको पानीमा खसेका थिए।

बाइडेनले जापानी प्रधानमन्त्री फुमियो किशिदा र भारत र अष्ट्रेलियाका उनीहरूका समकक्षहरूसँग क्वाड, इन्डो-प्यासिफिक सुरक्षा र आर्थिक गठबन्धनको भेट गरिरहेका बेला चिनियाँ र रुसी रणनीतिक बमवर्षक विमानहरूले मंगलबार जापान नजिकै संयुक्त उडान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ