स्याङ्जामा प्याराग्लाइडिङबाट खसेर युवती घाइते, उपचारका लागि पोखरा ल्याइयो
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
676
Shares
पोखरा । स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर एक युवती घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल रहेकी छन् ।
अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई थप उपचारका पोखरा ल्याइएको छ ।
आज दिउसो १२ः५० बजे भीरकोट नगरपालिका-८ स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्ने क्रममा अर्याल अचानक खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।