arrow

दर्जन बढी सरकारी गाडी अनेरास्ववियूको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
gadi.jpg

पोखरा । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्वि विरुद्ध आन्दोलन शुरु गरेको छ । विरोध स्वरुप कास्कीमा सञ्चालित विभिन्न कार्यालयका दर्जन बढी सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ । 

अनेरास्ववियूका कार्यकर्ताले जिरोबाट पाँच, महेन्द्रपुलबाट एक मोटरसाइकलसहित पृथ्वी चोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरेको स्कोर्पियो, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को चार वटा गाडी, पिएन क्याम्पस गेटबाट पाँच वटा, बागलुङ बसपार्कबाट एक र सभागृह चोकबाट एक सरकारी सवारीसाधन नियन्त्रणमा लिएका छन् ।

नियन्त्रणमा लिएका सवारीसाधनको चाबी जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाइएको र बेलुकी ५ बजे अनेरास्ववियूकै उपस्थितिमा चाबी फिर्ता गर्ने सहमति भएको अनेरास्ववियूका केन्द्रीय सदस्य तथा कास्की सह इन्चार्ज महेन्द्र उपाध्यायले जानकारी दिए । 

उनका अनुसार बिहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि शुरु गरेको सवारीसाधन नियन्त्रण कार्यक्रममा ३५ जना कार्यकर्ता खटिएका छन् । आफूहरूको विरोधलाई बेवास्ता गरिएमा कडा आन्दोलन गर्ने अनेरास्वविय कास्कीले चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ