arrow

दुर्घटनामा परेकी भरतपुरकी मेयर रेणु घर फर्किइन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
renu-dahal-2079.jpg

काठमाडौं । आफू चढेको गाडी दुर्घटनामा परेकी भरतपुरकी मेयर रेणु दाहाल घर फर्किएकी छन् । टाउकोमा सामान्य चोट लागेकी उनी उपचारपछि बाबु प्रचण्ड निवास खुमलटार तर्फ लागेकी हुन् । 

दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आएकी हुन् । उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी दुर्घटनामा परेको हो। 

ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा दाहाल चढेको गाडीको टायर पड्किएर बिजुलीको पोललाई ठक्कर दिएको थियो ।

उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । 

उनका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार पछि फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ