arrow

पोखरास्थित बाग्लुङ बसपार्क स्तरोन्नति गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
Pokhara baglung buspark pokhara.jpg
फाइल तस्वीर

पोखरा । पोखरास्थित बागलुङ बसपार्क स्तरोन्नति गरिने भएको छ । पोखरा महानगरपालिका वडा नं. २ का नवनिर्वाचित जनप्रतिनिधिले पदस्थापन गर्दै बसपार्क स्तरोन्नति गर्ने निर्णय गरेका हुन् ।

पोखरा उपत्यका नगर विकास समितिले भाडामा लिएको बसपार्कलाई नगरपालिकाको मातहतमा ल्याई नमुना वसपार्कको रुपमा विकास गर्ने निर्णय भएको नवनिर्वाचित वडाध्यक्ष दिवशमान प्रधानाङ्गले जानकारी दिए । 

उनका अनुसार आधुनिक बसपार्क निर्माणका लागि सरोकारवालासंग छलफल भइसकेको छ । उनले भने, ‘बसपार्कका लागि प्रदेश सरकार पनि बजेट दिन तयार छ । अब हामी नेपालको मुख्यमुख्य शहरमा बस छुटाउने र यात्रुलाई सुविधा दिने गरि काम शुरु गर्छौं ।’

पदस्थापनासंगै बसेको बैठकले ज्येष्ट नागरिक, अपांगता भएका अशक्त व्यक्तिलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, महिला, बालबालिका तथा युवाहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, वडाका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको सहज पहुँच पुर्याउने लगायतका निर्णय गरेको छ ।

उक्त अवसरमा वडाध्यक्ष प्रधानाङ्गले आफूले निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धता व्यवहारिकरुपमा कार्यान्वयन गर्दै जाने बताए । सबै राजनितीक दलको साथ र सहयोग लिएर वडाको विकासका कार्यक्रमलाई अगाडि बढाउने भन्दै उनले घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमिकताका आधारमा कार्यान्वयन गरिने स्पष्ट पारे । वडालाई शिक्षा, कला, संस्कृति र धार्मिक पर्यटनको क्षेत्रकारुपमा विकास गरिने पनि प्रधानाङ्गले बताए ।

निवर्तमान वडाध्यक्ष रामेश्वर मल्लले वडाको विकासका लागि सबैको साथ र सहकार्य आवश्यक रहने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष समाजसेवी आनन्दराज मुल्मीले वडाको गुणात्मक विकासका लागि कर्मचारी, नागरिक र जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, नेपाली काँग्रेसका पोखरा नगर सभापति सुरेन्द्रमान विजुक्छे, काँग्रेस कास्की क्षेत्र नं.३ का सभापति मनोज गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, समाजसेवी शुशीला पराजुली, नेपाली काँग्रेस पोखरा-२ का सभापति अरुण कायस्थ, एमालेका अध्यक्ष दिपक शाह, नेकपा एसका खगेन्द्र पराजुली, नेकपा माओवादी केन्द्रका रुपलाल सुनार, राप्रपाका अरुण विक्रम राणा, शिक्षासेवी वसन्त पान्डे लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ