arrow

पूर्वपदाधिकारीलाई सेवा र सुरक्षा उपलब्ध गराउन कार्यदल बनाएकोप्रति आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
5 dak kaski.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्व पदाधिकारीहरुलाई सेवा र सुरक्षा उपलब्ध गराउन कानूनी मस्यौदा तयार गर्न कार्यदल गठन गरिएकोप्रति कास्कीमा क्रियाशील पाँच दलले आपत्ति जनाएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै पाँच दलले मुलुकको अर्थतन्त्रमा उतारचढाव देखिएको तथा जनताका आधारभूत आवश्यकताहरुलाई संवोधन गर्दै विकास निर्माण कामलाई प्रभावकारीरुपमा अघि बढाउन पर्नेमा कुनै पनि नाममा सेवा सुविधा थप गर्ने कार्यलाई उचित मान्न नसकिने पाँच दलको निष्कर्ष छ । साथै पाँच दलले गठित कार्यदललाई तुरुन्त भंग गरि जनपक्षीय काममा केन्द्रित हुन गण्डकी प्रदेश सरकारसंग माग गरेका छन् । 

विज्ञप्तिमा हस्ताक्षर गर्नेमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र) का संयोजक वखानसिं गुरुङ, जसपा कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी) कास्कीका उपसचिव पूर्ण लामा र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रवीमोहन ढकाल रहेका छन् । 

जेठ १२ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद्को बैठकले पूर्व पदाधिकारीलाई सुविधा र सुरक्षा दिन उपयुक्त कानुनी मस्यौदाका लागि कार्यदल गठन गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ