arrow

पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १४ शनिबार
landslide-china-fujiyan.jpg

काठमाडौं । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको वुपिङमा शुक्रबार पहिरो गएको समाचारमा जनाइएको छ । उनीहरूले शनिबार दिएको जानकारी अनुसार बिहीबार रातीदेखि अत्यधिक वर्षा भएको र त्यसपछि पहिरोले घर भत्काएको थियो । 

पहिरोका कारण घर भत्किएर मृत्यु भएका मध्ये पाँच जनाको उद्योग रहेको भवनमा र तीन जनाको आवासीय भवनमा मृत्यु भएको हो ।

पहिरोका कारण अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ । घटनास्थलमा खटिएका उद्धारकर्ताले पहिरोका कारण त्यस क्षेत्रको यातायात, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको जनाएका छन् । 

ती सेवा अवरुद्ध हुँदा नौ हजार ७०० भन्दा बढीलाई असर परेको छ भने एक हजार ६०० भन्दा बढी विस्थापित भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ