२२ जना सवार तारा एयरको जहाज अझै सम्पर्कविहीन, हेलिकप्टरबाट खोजी जारी
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
633
Shares
तस्बिर– फाइल
काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन । ९ एन–एईटी कलसाइनको जहाजमा १९ यात्रु तथा चालक दलका तीन सदस्य गरी २२ जना रहेका छन् ।
जहाजमा १३ नेपाली यात्रु, चार भारतीय र दुई तेस्रो मुलुकका यात्रु रहेको जनाइएको छ । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले बिहान ९ः५५ बजे जहाज उडाएका थिए । १०ः३० देखि जहाज बेपत्ता भएको जनाइएको छ ।
उक्त जहाज खोजीका लागि हेलिकप्टरको प्रयोग भएको छ । खोजी जारी रहेको जनाइएको छ ।