arrow

पुटिनले गरे  फ्रान्सका राष्ट्रपति र जर्मन चान्स्लरसँग कुराकानी

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ १५ आइतबार
putin-russia-ill.jpg

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोन वार्ता गरेका छन् ।

उनले त्यस वार्तामा युक्रेनका विषयमा कुराकानी गरेको बताइएको छ । साथै उनले विश्वमा हाल देखा परिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

शनिवार रुसी राष्ट्रपति पुटिनले उनीहरूसँग फोनमा कुराकानी गरेको मस्कोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले युक्रेनको पछिल्लो अवस्था र विशेष गरी युक्रेनमा रुसले गरेको सैन्य कारबाहीबारे जानकारी गराएका थिए ।

उनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाहीका क्रममा अन्तर्राष्ट्रिय कानुनका साथै अन्य मूल्य मान्यताहरू पनि पालना गरेको जानकारी दिएका थिए ।



नयाँ