arrow

अर्थमन्त्री शर्मा बजेट सार्वजनिक गर्दै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १५ आइतबार
janardan-sharma-parliament.jpg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट सार्वजनिक गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गरिरहेका छन् । 

योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ ।

चालु आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । उक्त बजेट पूरै खर्च हुन नसक्ने भएपछि अर्धवार्षिक समीक्षामार्फत आकार घटाउँदै १५ खर्ब ४६ अर्ब रुपैयाँको बनाइएको छ । उक्त बजेटसमेत पूरै खर्च हुन सक्ने स्थिति छैन । 

बजेट जेठ १३ सम्म करिब ६० प्रतिशत अर्थात् ९ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ