arrow

विमान हराएपछि मन्त्री आलेले के भने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
prem-ale.jpg

काठमाडौं । हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोजी भइरहेको उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । आइतवारको मौसम प्रतिकूल रहेकाले सोमवार बिहान ६ बजेअगाडि नै खोज तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने उनले राष्ट्रिय सभामा बताएका छन् ।

राष्ट्रियसभाका सभाअध्यक्षको रुलिङपछि उनले तारा एयरको पोखराबाट जोमसोमका लागि आइतवार बिहान ९:५५ बजे उडेको ट्विनअटर विमान १०:११ मिनेटपछि सम्पर्कबाहिर गएको जानकारी गराए ।


यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताए। 

 नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घका जवानहरु अहिले सम्भावित स्थानहरुमा स्थलमार्गमार्फत खोज तथा उद्धारमा खटिएको पनि मन्त्री आलेले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ