arrow

जलेश्वर कारागारका ११ जना कैदीबन्दीको सजाय मिनाहा, दुई जनालाई आममाफी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
kaid-dhanusa.jpg

धनुषा । गणतन्त्र दिवसको अवसरमा महोत्तरीको जलेश्वर कारागारका ११ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । भने दुई जनाले आममाफी पाएका छन् । 

कैद मिनाहा र आममाफी दिइएको कैदीहरूलाई प्रक्रिया पुर्‍याएर आफन्तको जिम्मा लगाउँदै घर पठाइएको कारागारका जेलर अशोक कुमार क्षेत्रीले बताएका हुन् । गृह मन्त्रालयबाट कैद भुक्तान र आममाफीको पत्र आउनासाथ प्रक्रिया पुर्‍याएर सबैलाई मुक्त गरिएको जेलर  क्षेत्रीले जानकारी दिए ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैदीबन्दीको मुद्दाको प्रकृति र चरित्र अनुसार सजाय मिनाहा र आममाफी दिने व्यवस्था रहेको हो। ५० प्रतिशत सजाय काटिसकेर राष्ट्रपतिबाट सजाय मिनाहा पाएकाहरूमा सवारी ज्यान मुद्दामा तीन वर्षको कैद तथा ३२ हजार जरिवाना भएको सर्लाही व्रम्हपुरी गाउँपालिका वडा नम्बर २ निवासी सन्तोष साह थुनामुक्त भएका छन् ।

सवारी ज्यान मुद्दामै ३२ हजार जरिवाना सहित तीन वर्ष कैद सजाय काटिरहेका धनुषाको ढल्केवर निवासी भानुभक्त खपांगीलाई थुना मुक्त गरिएको छ। 

त्यस्तै ,सवारी ज्यान मुद्दामै मटिहानी नगरपालिका वडा नम्बर  २ निवासी राम यादव, भारतको उत्तर प्रदेश बनारस निवासी अरविन्द कुमार बलाई भन्ने अरविन्द कुमार समेत कैद मुक्त गरिएको छ। 

उता कर्तव्य ज्यान मुद्दामा दश वर्षको सजाय पाएकी महोत्तरी हतिसर्वा कि ज्योति मिश्रलाई समेत कैद मुक्त गरिएको छ भने कर्तव्य ज्यान मुद्दाकै जनकपुर उपमहानगरपालिका वडा नम्बर  १४ निवासी हरि शङ्कर राउत समेतले उनले भुक्तान गर्नु पर्ने १० वर्षे कैद मध्ये ६३ प्रतिशत भुक्तान गरिसकेकाले उनलाई समेत कैद मुक्त गरिएको छ ।

त्यसतै नकवजनी चोरीमा तिन वर्षको सजाय पाएका रोशन कुमार चौधरी,सवारी ज्यान मुद्दाका मिथिला नगरपालिका १० का गोपाल श्रेष्ठ समेत कैद मुक्त भएका छन् । कर्तव्य ज्यान मुद्दामै बिस वर्षको सजाय काट्दै आएका मटिहानी नगरपालिका वडा नम्बर  ३ का विनोद पंजियार समेतले राम्रो आचरण प्रस्तुत गरेको भन्दै सिफारिसमा परेपछि उनी कैद मुक्त भएका हुन् । 

यस्तै कर्तव्य ज्यान मुद्दामै दश वर्ष र २१ वर्ष ६ महिनाको सजाय पाएका क्रमशः महोत्तरी विजलपुरा ३ का रामस्वरुप साह र धनुषा खरिहानी गाविस ३ का रहिमत मियाँ धुनियालाई समेत कैद मिनाहा गर्दै मुक्त गरिएको छ । 

त्यस्तै आममाफी पाएकाहरूमा भरतपुर गाविस वडा नम्बर १ धनुषाका मुन्द्रिका प्रसाद पटेल र सोही ठाउँका अशोक पटेल रहेका छन् । उनीहरू दुवैलाई कर्तव्य ज्यान मुद्दामा २०।२० वर्ष सजाय काट्नु पर्नेमा राष्ट्रपतिबाट आममाफी पाएको छ।



नयाँ