arrow

बाघको आक्रमणबाट सोतीमायाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
tiger2019-05-29.jpeg
फाइल तस्वीर

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार राप्ती-१ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा तामाङलाई आज दिउँसो बाघले आक्रमण गरेको थियो ।

बाघको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ