arrow

गाउँपालिकामा आइतबार सार्वजनिक बिदा नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १६ सोमबार
public-holiday-sarwajanik-bida.jpg

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा आइतबार सार्वजनिक बिदा नहुने भएको छ । गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको हो ।

यसअघि नेपाल सरकारले परीक्षणका लागि जेठ १ गतेबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

गाउँपालिकाले आइतबार सूचना जारी गर्दै आइतबारदेखि बिहीबार सम्म विहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म र शुक्रबार बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म कार्यालय खुला रहने जनाएको छ ।

यस्तै, कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म आइतबारदेखि बिहीबारसम्म कार्यालय बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म र शुक्रबार बेलुका ३ः०० बजेसम्म कार्यालय खुल्ने गाउँपालिकाको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ