arrow

सुनखानीमा झडपः सय मजदूरको मृत्यु, ४० बढी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
gold-mine.jpg
तस्बिर– फाइल

काठमाडौं । अफ्रिकी देश चाडको उत्तरी क्षेत्रमा रहेको एउटा सुन खानीका मजदूरहरूबीच भएको झडपमा करिब १०० जनाको मृत्यु भएको छ । झडपमा ४० जनाभन्दा बढी घाइते भएका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले जानकारी दिए । 

लिबियाको सिमाना नजिकको तिबेस्ती पर्वतको कोरी बोगौडीस्थित खानीमा  हिंसा भड्किएको थियो । सो क्षेत्र राजधानी एनडीजामेनाबाट करिब १,००० किलोमिटर टाढा पर्छ । 

१० वर्ष पहिले त्यहाँ सुनको खोजी गर्ने क्रममा चाड र छिमेकी देशहरूबाट खानी मजदूर आकर्षित भएका थिए ।  सुन झिक्ने विषयमा उनीहरूबीच बारम्बार तनाव हुने गरेको छ । पछिल्लो झडप मौरिसियाली र लिबियाली मजदूरबीच भएको रक्षामन्त्री ब्राहिमले बताए । 

घटनास्थलमा ठूलो संख्यामा सेना परिचालन गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ