arrow

एकतिहाई मतदाताले स्वतन्त्र र साना दल रुचाए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
australia-flag1.jpg

काठमाडौं । अष्ट्रेलियाको लेबर पार्टीले संसदमा बहुमत प्राप्त गरेको निर्वाचन विश्लेषकहरूले बताएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको लेबरले २१ मेमा भएको चुनावमा स्कट मोरिसनको कन्जरभेटिभ गठबन्धनलाई पराजित गरेको थियो । स्वतन्त्र र साना दलहरूको अप्रत्यासित सिटले  अल्बानिजलाई बहुमत पुर्याउन हम्मे देखिएको थियो ।

झन्डै एक तिहाई अस्ट्रेलियालीले मुख्य राजनीतिक दलबाहेकका पार्टीलाई मतदान गरेका थिए । तर उनको पार्टीले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आवश्यक बहुमत जुटाउन सफल भएको छ । 

१५१ सदस्य रहेको तल्लो सदनमा कुनै पनि दलले बहुमत जुटाउन ७६ सिटमा विजयी हुनुपर्छ । लेबर पार्टी ७६ सिटमा विजयी भएको छ । तर माथिल्लो सदन सिनेटबाट नीति तथा कानुन पारित गर्न उनको सरकार अफ्ठ्यारोमा पर्न सक्नेछ । 

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्नेछन् । 

लगभग एक दशकपछि अस्ट्रेलियामा पहिलो लेबर सरकारको नेतृत्व गरेका अल्बानिजले जलवायु परिवर्तनको असर घटाउन महत्वपूर्ण निर्णय लिने अनुमान गरिएको छ । अनुभवी राजनीतिज्ञले थप महत्वाकांक्षी उत्सर्जन कटौती लक्ष्यहरू अपनाउने वाचा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ