arrow

आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई हुनसक्छ मृत्युदण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
russia-bomb-school-ukraine.jpg
तस्बिर– फाइल

काठमाडौं । युक्रेनको मारिओपल सहरको अजोभस्टल स्टिल काराखानामा रुसी सेनासामु आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मृत्युदण्डको सजाय हुनसक्ने मास्को समर्थक पृथकतावादी अधिकारीले बताएका छन् । 

‘उनीहरूको बारेमा अदालतले फैसला गर्नेछ’, पूर्वी युक्रेनको स्वघोषित दोनेत्स्क  जनवादी गणतन्त्रका न्यायमन्त्री युरी सिरोवात्कोको भनाई उद्धृत गर्दै आरआईए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ । 

‘यस्ता अपराधका लागि दोनेत्स्क जनगणतन्त्र (डीएनआर) मा हामीसँग ठूलो सजाय छ –त्यो हो मृत्युदण्ड’, उनले अगाडि भने । सबै युद्धबन्दीहरू डीएनआरको इलाकामा छन् ।  उनीहरूमध्ये अजोभस्टलमा लगभग २३ हजार सैनिकहरू थिए ।

रणनीतिक महत्वको मारिओपोलको अजोभस्टल स्टिल कारखानामा हप्तौंदेखि बन्दी बनाइएका सयौँ युक्रेनी सेनाले यसै महिना रुसी सेनासँग आत्मसमर्पण गरेका थिए । 

युक्रेनले रुसीसेनासँग बन्दी आदानप्रदान गर्न माग गरेको छ । तर मास्कोले उनीहरूलाई मुद्दा लगाउने संकेत गरेको छ । आत्मसमर्पण गर्नेहरूमा युक्रेनको सेनामा मर्ज भएको पूर्व अर्धसैनिक युनिटका सदस्य पनि छन् । सो युनिटलाई रुसले ‘नव नाजी संगठन’ को रूपमा चित्रण गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ