arrow

ह्यात रिजेन्सीसँग सेटिङ गरेको आरोपमा मन्त्री आलेले गरे न्यौपानेलाई बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
hayatt.jpg

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन्। 

अध्यक्ष न्यौपानेलाई ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोप लागेको थियो । 

अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता गराइएको सो मन्त्रालयले जनाएको छ ।

समितिको ऐनमा अध्यक्ष पद आलङ्कारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरुको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ