- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई रु ६३ करोड ६ लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।
यस्तै, पालुङटार नगरपालिकालाई कूल ५७ करोड ६७ लाख बजेट उल्लेख भएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए । केन्द्र सरकारले दुई नगरपालिकालाई मात्र रु एक अर्ब २० करोड ६९ लाख बजेट विनियोजन गरेको छ ।
जिल्लाका नौ पालिकामध्ये सिरानचोक गाउँपालिकाले रु ४५ करोड ८७ लाख समपूरक बजेट प्राप्त गरेको छ । त्यसबाहेक अजिरकोट गाउँपालिकालाई आगामी वर्षका लागि रु ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले रु ४० करोड ४८ लाख बजेट प्राप्त गरेको छ ।
जिल्लाको गण्डकी गाउँपालिकाले रु ४५ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ । जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम १९ करोड ८२ लाख विनियोजन भएको छ ।
यस्तै, धार्चे गाउँपालिकाले रु २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले रु ३९ करोड १५ लाख प्राप्त गरेको छ भने बारपाक गाउँपालिकालाई रु ४० करोड ३० लाख छुटाइएको छ ।
जिल्ला नौ गाउँपालिकालाई मात्र केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत कूल रु तीन अर्ब ३४ करोड ३३ लाख विनियोजन गरेको छ ।