arrow

चीनले अलपत्र पारेपछि नेपालमै इन्टर्नसीपको माग गरिरहेका एमबीबीएसका विद्यार्थी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
mbbs protest china student.jpg

काठमाडौं । चीनमा एमबीबीएस पढेर नेपालमा रहेका विद्यार्थीहरु पक्राउ परेका छन् । इन्टर्नसीप गर्नका लागि चीनले नबोलाइरहेको अवस्थामा नेपाल सरकारसँग व्यवस्था गर्न माग गर्ने विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

चीनले फिर्ता नबोलाउँदा र नेपाल सरकारले कतै इन्टर्नसीपको व्यवस्था नगरिदिँदा आफूहरुको भविष्य अलपत्रमा परेको भन्दै इन्टर्नसीपको व्यवस्था गर्न लामो समयदेखि संघर्षरत् विद्यार्थीहरुमाथि मंगलबार प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेटमा शान्तिपूर्वक आफ्ना मागहरु राख्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले गाडीमा हालेर मालिगाउँस्थित चौकीमा हुलेको हो ।

मंगलबार प्रधानमन्त्ती निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चिकित्सा आयोगका पदाधिकारीहरुको छलफलको कार्यक्रम रहेको थियो । 

सोही अवसरमा आफूहरुले शान्ति पूर्वक माग राख्दा सम्बोधन हुने अपेक्षा गरेका विद्यार्थीहरुलाई त्यहाँ पुगेर माग राख्न नपाउँदै महानगरीय प्रहरी वृत्त कमलपोखरी मालिगाउँबाट खटिएको प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरेको हो ।

मालिगाउँ प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले हाम्राकुरासँग बोल्दै उनीहरुलाई नियन्त्रणमा लिइएको बताएका छन् । उनले माथिको आदेशमा आफूहरुले एमबीबीएसका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको स्वीकार गरेका छन् ।

ती प्रहरी अधिकारीले केही बेरमा विद्यार्थीहरुलाई छोड्ने र अहिले बालुवाटारमा भएको छलफल सकिइसकेको बताएका छन् ।

लामो समयदेखि इन्टर्नसीपको व्यवस्था गर्न माग गरिरहेका विद्यार्थीमाथि चिकित्सा आयोगका पदाधिकारीले नै लापरबाही गर्दै आएको आरोप विद्यार्थीहरुको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ