arrow

महँगो पर्‍यो युक्रेन आक्रमण: पश्चिमी प्रतिबन्धले अन्धकारतर्फ रुसको भविष्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
russia-future-sanctions.jpg

काठमाडौं । नाई पसलहरूको चेनका मालिक ओलेग केचिन रुस एक पुस्ताको गहिरो आर्थिक संकटमा फस्ने भविष्यवाणी गर्छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले पश्चिमी प्रतिबन्धहरूले रुसमा आर्थिक विनाश निम्त्याउने वाचा गरेका हुन सक्छन् । केचिनको व्यवसाय मास्कोबाट ५ सय १० किलोमिटर दक्षिणपूर्वमा रहेको सारन्स्क शहरमा छ । त्यसले अझै पनि ग्राहकहरू आकर्षित गरिरहेको छ।

'यहाँ कुनै गहिरो संकट छैन। सामान्यतया, सबै ठीक छ,' उनले भने, 'सबैले खरिद क्षमता घटेको बारेमा कुरा गरिरहेका छन्, तर मैले यो महसुस गरेको छैन।'

यद्यपि, यदि केही सूचकहरूलाई विश्वास गर्ने हो भने यो कुरामा विश्वास गर्न सकिदैन । रुसको बाहिरी संसारसँगको व्यापारमा गिरावट आएको छ । उपभोक्ताहरू खर्च गर्न अनिच्छुक छन् र आधारभूत वस्तुहरूमा बढ्दो मूल्यले घरायसी बजेट निचोडिन थालेको छ ।

रुसी अधिकारीहरूले अर्थतन्त्र स्थिर रहेको दाबी गरेका छन्। केन्द्रीय बैंकले बिहीबार ब्याज दर तीन प्रतिशत बिन्दुले घटाएर ११ प्रतिशतमा राखेको छ र यो वर्ष मुद्रास्फीति १८ देखि २३ प्रतिशत हुने भन्ने अनुमान घटाइने बताइएको छ ।

पूँजी नियन्त्रण र आदेशहरू अन्तर्गत निर्यातकर्ताहरूले आफ्नो कडा मुद्राको आधा कमाइ बेचिरहेका छन् । रुबलको भाउ अमेरिकी डलरको तुलनामा लगभग ६६ मा पुगेको छ । जुन रुसले युक्रेनमाथि आक्रमण गर्नुअघिको भन्दा बलियो हो ।

राष्ट्रपति भ्लादिमिर पुटिन जसले रुसी सम्पत्ति बेचेका वा त्यहाँबाट बाहिरिएका विदेशी फर्महरूको प्रस्थानलाई स्वागत गर्दै रुसलाई विश्वव्यापाी व्यापारबाट अलग गर्न नसकिने बताएका छन् ।

तर अर्थतन्त्र सुरक्षित रहनेमा सबैजना भने विश्वस्त छैनन् । आफ्नो पूरा नाम नखुलाउन आग्रह गरेका मास्कोका २५ वर्षीय रोमनले भनेका छन् कि मध्यम वर्गको जीवनमा पहिले भन्दा धेरै फरक न आए पनि उनले चिन्ताका संकेतहरु देखेका छन् ।

'एउटा कुराले मलाई सताउँछ दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। मलाई लाग्छ कि सबैभन्दा खराब संकेत आउन बाँकी छ,' उनले भने,  'मेरो क्षेत्रमा श्रम बजारको अवस्थाले पनि मलाई धेरै आशावादी बनाएको छैन् ।'

माग संकट

केही सूचकहरूले उनको चिन्तालाई जायज ठहराउँछन्। उपभोक्ता खर्च प्रतिबिम्बित गर्ने भ्याट रसिदहरू गत अप्रिलमा ५५ प्रतिशतले घटेको वित्त मन्त्रालयको प्रारम्भिक तथ्याङ्कलाई उद्धृत गर्दै कोमरसेन्ट दैनिकले जनाएको छ ।

अर्थमन्त्री म्याक्सिम रेशेत्निकोभले शुक्रबार व्यापार र उपभोक्ता खर्चमा 'माग संकट' भएको बताएका छन्।

रूसले वित्तीय प्रवाहका धेरै तथ्यांक सार्वजनिक गर्नबाट रोकेको छ । तर, बैंक अफ फिनल्याण्डले स्थानीय भन्सार डाटाको आधारमा संकलन गरेको तथ्याङ्कले आयात घटेको देखाउँछ, र त्यो पश्चिमबाट मात्र होइन।

अप्रिलमा  रुसमा चिनियाँ निर्यात एक चौथाईले घटेको छ भने भियतनाम, दक्षिण कोरिया, मलेसिया र ताइवानबाट हुने समुद्री ढुवानी आधाभन्दा बढीले घटेको बैंकले जनाएको छ।

अर्थमन्त्रीले उत्पादक कम्पनीहरु प्रतिबन्धले तोडिएका आपूर्ति श्रृखला पुर्नस्थापना गर्ने काम गरिरहेको र २००० प्रमुख ब्याकबोन कम्पनीहरूले अधिमान्य उधारो कार्यक्रममा पहुँच गर्न सक्ने बताएका छन् ।

तर मुद्रास्फीति अझै पनि दुई दशकमा सबैभन्दा उच्च १७ प्रतिशतमा छ । यसको मतलब पेन्सनमा १० प्रतिशतको वृद्धि र पुटिनले घोषणा गरेको न्यूनतम ज्यालाले अझै पनि धेरैलाई वास्तविक घरायसी आम्दानीमा कमी गराएको छ ।

बढ्दो मूल्य रुसको सबैभन्दा ठूलो समस्या नहुन सक्छ। बलियो रुबलले पहिले नै साप्ताहिक मुद्रास्फीतिलाई तीव्र रूपमा तल ल्याएको छ । तर यसले रुसको बढ्दो अलगावबाट आर्थिक उत्पादनमा ठूलो खतरालाई भने रोक्न सक्दैन ।

यस्तै युक्रेनमा जारी सैन्य अभियानको वित्तपोषणले बजेटमा दबाब दिनेछ। मास्कोले आफ्नो विशेष सैन्य अपरेशन भनेको युक्रेनमाथिको आक्रमणमा ठूलो वित्तीय स्रोत चाहिने अर्थमन्त्री एन्टोन सिलुआनोभले भनेका छन् ।

प्रोत्साहन

रुसले आफ्नो राष्ट्रिय धन कोषमा डुबाइसकेको छ । जसमा करिब ११० अर्ब अमेरिकी डलर तरल सम्पत्ति छ । तर खर्च २२ प्रतिशतले बढी रहेको अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्रीले मास्कोले वर्तमान परिस्थितिको लागि ८ ट्रिलियन रूबल (१२३ अर्ब अमेरिकी डलर) प्रोत्साहन छुट्याएको छ । यद्यपि यो कति नयाँ पैसा र कुन अवधिमा हो भन्ने स्पष्ट छैन ।

कार निर्मातादेखि बैंकसम्मका पश्चिमा कम्पनीहरुको फिर्तीले देखिने आर्थिक र रोजगारीको असर अझैं देख्न बाँकी छ । फ्रान्सको विज्ञान पोका अर्थशास्त्रका प्राध्यापक सर्गेई गुरिभ यसको प्रभाव आगामी महिनाहरूमा अझ तीव्र रूपमा महसुस हुने बताउँछन् ।

केही बाहिरिने कम्पनीहरूले अझै ज्याला तिरिरहेको र केही कम्पनीहरूले आयातित पार्टपुर्जाहरूको सूची प्रयोग गरेर उत्पादन जारी राखेकाले वास्तविक पीडा अझै शुरु नभएको युरोपेली बैंक फर कन्स्ट्रक्सन एण्ड डेभलपमेन्टका पूर्व प्रमुख अर्थशास्त्री समेत रहेका गुरिभको भनाइ छ ।

मोर्गन स्टेनली अर्थशास्त्रीहरू २०२२ मा घरेलु खपतमा १३ प्रतिशतको गिरावट र लगानीमा २३ प्रतिशतको गिरावट देख्छन् । बैंकका प्रमुख क्षेत्रीय अर्थशास्त्री एलिना स्ल्युसार्चुकले रुसको सम्भावित दीर्घकालीन वृद्धि दर अब १ प्रतिशत मात्र रहेको टिप्पणी गरेकी छन् ।

साना रुसी फर्महरूका लागि आउटलुक घट्दै गएको देखिन्छ । यद्यपि अहिले पूर्ण तथ्यांक भने आइसकेको छैन । 'धेरै थोरै कम्पनीहरूले अहिले नै रणनीति बनाउन वा दीर्घकालीन ठूला ठूला सम्झौताहरू योजना गर्न चाहन्छन्,' मास्कोको सानो सार्वजनिक सम्बन्ध फर्मकी साझेदार अनास्तासिया किसेलेभाले भनिन् । 

'विशेष गरी साना व्यवसायहरू  विकास वा नयाँ केहि सिर्जना नहुँदा अस्तित्वमा मात्रै रहनेछन्।' तर सन् १९९१ मा सोभियत संघको पतनपछि धेरै गहिरो संकटबाट गुज्रिएका धेरै रुसीहरूका लागि सर्वाइभल मोड कुनै नयाँ कुरा होइन।

'सबैभन्दा खराब स्थिति आउन बाँकी छ,' साइबेरियाको बैकाल ताल नजिकै एउटा टुर कम्पनी चलाउने येभगेनी शेरेमेटोभले भनेका छन्, 'तर यो देशका बासिन्दाहरू कठिनाइहरूमा अभ्यस्त छन् । मसँग आलु र काकडीहरू भएको मेरो ग्रीष्मकालीन घर छ । १९९१ पछि, मलाई कुनै पनि कुराले डराउन सक्दैन।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ