arrow

अनेरास्ववियूका नेता पौडेल प्रहरी हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १७ मंगलबार
mahendra poudel.jpg

पोखरा । सरकारी सवारीको चाबी खोसेको आरोपमा पक्राउ परेका महेन्द्र पौडेल थप चार दिन हिरासतमै रहने भएका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई कास्की जिल्ला अदालतले सोमबार थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्ने क्रममा पौडेलले आइतबार सरकारी सवारीको चाबी खोसेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा अभद्र व्यवहार सम्बन्धित मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

पौडेलसँगै पक्राउ परेका अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटी कोषाध्यक्ष अमित तिमिल्सिना भने रिहा भएका छन् ।

अनेरास्ववियूका नेता कार्यकर्ताहरूले यो राजनीतिक मुद्दा भएकाले पौडेलको शीघ्र रिहाइको माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ