arrow

स्कूलमै चल्यो गोली, एकको मृत्यु तीन घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
bullet-goli.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकाको विद्यालयमा फेरि बन्दुक हमला भएको छ । मंगलबार न्यु अर्लिन्सको हाइस्कूलको स्नातक समारोहमा बन्दुकधारीले चलाएको गोली लागेर एक वृद्धाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

मोरिस जेफ हाइस्कूलका स्नातकहरू भेला भएको दीक्षान्त केन्द्र बाहिर गोलाबारी भएको न्यु अर्लियन्स प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका तीनै जना व्यक्ति स्नातक समारोहमा भाग लिन त्यहाँ आएका प्रहरी प्रवक्ता ग्यारी सिटले बताए । 

गत मंगलबार टेक्सासको उभल्देस्थित रोब इलिमेन्ट्री स्कूलमा एक बन्दुकधारीले गोली चलाउदा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ