arrow

मानसिक रोगीहरु बढेसँगै सांघाईमा हट्यो दुई महिनापछि कोरोना प्रतिबन्ध  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
shanghai-life.jpg

काठमाडौं । दुई महिनाको तालाबन्दीपछि चीनको शहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको शहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् ।

प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो । 

कोभिडका कारण केही संक्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो । तर सरकारले खोप नलगाएका बृद्धबद्धाको मृत्यु भएको दाबी गरेको थियो । 

लामो समयदेखि लागेको प्रतिबन्ध हटेसँगै सर्वसाधारण र व्यवसायीहरु खुशी भएका छन् । त्यस्तै, प्रतिबन्ध हटाएकोमा सांघाई सरकारले पनि सन्तोष व्यक्त गरेको छ ।

 ‘यो त्यो दिन हो जसलाई हामीले धेरै लामो समयदेखि सपना देखेका थियौं’, सांघाई सरकारका प्रवक्ता यिन जिनले पत्रकारहरूलाई भने । 

लामो समयसम्म प्रतिबन्ध भएसँगै त्यहाँका हजारौं मानिस मानसिक शिकार भइरहेका थिए । मानसिक रोगीको संख्या पनि दैनिक बढिरहेको थियो । 

र, यो पनि

'शून्य कोभिड नीति' ले चिनियाँ नागरिक समस्यामा‍‌, बढ्याे मानसिक राेग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ