arrow

टर्की एम्नेस्टीका अध्यक्षको सजाय खारेज गर्न युरोपेली मानव अधिकार अदालतको फैसला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
amnesty.jpg

काठमाडौं । युरोपेली मानव अधिकार अदालतले मंगलबार एम्नेस्टी टर्कीका तत्कालीन अध्यक्ष  तानेर किललाई २०१७–२०१८ मा हिरासतमा ल्याउनु स्वतन्त्रता र सुरक्षाको धारा ५.१, ५.३ र ५.५ र अभिव्यक्ति स्वतन्त्रताको धारा १० को उल्लंघन भएको फैसला सुनाएको छ ।

युरोपेली मानव अधिकार अदालतको फैसलापछि एम्नेस्टी इन्टरनेशनलले टर्कीका अधिकारीहरूलाई  तानेर किलमाथिको अन्यायपूर्ण र आधारहीन सजाय उल्टाउनको आफ्नो आह्वान दोहोर्याएको छ । जुनमा उनलाई दोषी ठहर गराइएमा अर्को साढे दुई वर्षको जेल सजाय भोग्नुपर्छ।

सन् २०१७ मा गिरफ्ता गरिएका  तानेर किललाई १४ महिना भन्दा बढी हिरासतमा राखिएको थियो । त्यसपछि जुलाई २०२० मा उनलाई छ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो। फैसला हाल अदालत अफ क्यासेशन टर्कीको सर्वोच्च अदालतमा विचाराधीन छ।

'लामो प्रतीक्षित युरोपेली अदालतको निर्णयले हामीले शुरुदेखि नै थाहा पाएको कुरा पुष्टि गर्छ कि एक आजीवन मानवअधिकार रक्षक तानेर किललाई उचालिएको आरोपमा उच्च सुरक्षा जेलमा पार्नु मनमानी रूपमा उनकाे स्वतन्त्रताबाट वञ्चित गरिनु थियो', एम्नेस्टी इन्टरनेशनलका युरोप निर्देशक निल्स मुइजनिक्सले भनेका छन् ।

'तथ्यताको बाबजुद उनीमाथि लगाइएको आरोपहरू निराधार भएको कुरा सुनुवाइको क्रममा पर्दाफास भएको थियो । तर टर्कीको अदालतले तानेर किललाई दोषी ठहर गर्‍यो । राजनीतिक रूपमा प्रेरित यने सजायको बाँकी समय पूरा गर्न उनले अझैं जेल फिर्ताको सामना गरिरहेका छन्। युरोपेली अदालतले मंगलबार बिहान पुन: पुष्टि गरेको छ कि टर्कीका अधिकारीहरूसँग उनको हिरासतलाई जायज ठहराउन कुनै अपराध गरेको शङ्का थिएन र उनलाई दोषी ठहराउन कुनै प्रमाण पनि थिएन।'

प्रमाण बिना नै शरणार्थी अधिकारका वकिल र एम्नेस्टीको टर्की खण्डका पूर्व र अहिले मानद अध्यक्ष तानेर किललाई आतंकवादी संगठनको सदस्य रहेको भन्दै दोषी ठहराइएको थियो ।

'मंगलबारकाे निर्णयले टर्कीका अधिकारीहरूलाई तानेरको मानवअधिकार थप उल्लङ्घन नगर्ने कुरा सुनिश्चित गर्नको लागि स्पष्ट र सशक्त ढाँचा प्रदान गर्दछ', निल्स मुइजनिक्सले अघि भनेका छन् ।

'मानव अधिकार रक्षकलाई मौन पर्नका लागि राजनीतिक रूपमा प्रेरित टर्कीका अधिकारीहरूको प्रयास अधिकार एवं स्वतन्त्रता र यसका अनुयायीहरुमाथि व्यापक क्र्याकडाउनको एक हिस्सा हो, तानेरको आरोप खारेज हुनुपर्छ', एम्नेस्टीले भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ