arrow

अमेरिकाले युक्रेनमा अत्याधुनिक रकेट पठाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
joe-biden-new.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई अत्याधुनिक प्रविधिका, मध्यम दायराका रकेट प्रणाली पठाउने भएको छ । डोनबास क्षेत्रमा रुसले गरिरहेको आक्रमणलाई रोक्न युक्रेनका लागि यो महत्त्वपूर्ण हतियार हुनेछ ।

यी रकेट प्रणालीहरू युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले पठाउन लागेको ७० करोड अमेरिकी डलर बराबरको सुरक्षा सहायताको एक हिस्सा हो । यसमा हेलिकप्टर, जेभलिन एन्टी ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, स्पेयर पार्ट्स र अन्य उपकरण समावेश हुने बताइएको छ ।

दुई अमेरिकी वरिष्ठ प्रशासन अधिकारीहरूले मङ्गलवार यी हतियार बुधवार औपचारिक रूपमा अनावरण गरिने बताएका हुन्।

अमेरिकाले यसरी पठाउन लागेको रकेट प्रणालीले युक्रेनलाई रुसविरुद्ध लड्न थप ऊर्जा प्रदान गर्ने ठानिएको छ भने, सोही समयमा रुसी आक्रामकतालाई समेत बढाउने अनुमान गरिएको छ ।

द न्यु योर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनीहरूलाई थप अत्याधुनिक रकेट प्रणाली र युद्धास्त्रहरू प्रदान गर्ने निर्णय गरेको पुष्टि गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ