arrow

बजेटमाथि हृदयेश त्रिपाठीको टिप्पणी - 'हर मर्ज का एक ही दबा जालिम लोसन' 

किसानलाई पेन्शन दिने हावादारी कुरा हो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
hridesh-tripati.jpg

काठमाडौं ।  तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले बजेट समर्थन पक्ष विपक्ष भन्दा पनि चिन्ताको विषय राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल मा उनले बजेट 'हर मर्ज का एक ही दबा जालिम लोसन' भएको टिप्पणी गरे । 

सांसद त्रिपाठीले भने-'समर्थन पक्ष विपक्ष भन्दा पनि चिन्ताका साथ केही कुरा राख्दै छु । जुन अहिलेको समस्या छ । जुन अर्थतन्त्रका चुनौती छन् र जुन सङ्कट तर्फ देश बढी रहेको छ त्यस विषयमा चिन्ता अलि कम भएकाले चिन्तित हुनुपर्ने अवस्था आयो । कतिपय कार्यक्रमहरु बजेट हेर्दा खेरि अलिकति ठाउँमा मोटाउनु र धेरै ठाउँमा सुनिएको जस्तो छ । मोटाउनु र सुन्निनु फरक कुरा हो । सुन्निनु बिरामीको लक्षण हो । बजेट जुन सुनिएर आएको छ जसलाई हामीले उपलब्धि भनेका छौ त्यो रोगको लक्षण हो ।' 

उनले भने,' स्थिति के हो भने हाम्री कहाँ एउटा काहवत छ 'हर मर्ज का एक ही दबा जालिम लोसन' । त्यस्तै जालिम लोशको प्रचुर मात्रामा प्रयोग भएको छ । नेपाली किसानलाई खेतमा पानी समयमा मल र उम्रिने बिउ भए पुग्छ । अहिले असारमै मलको अभाव छ । हामीले ३० प्रतिशत आयतलाई कम गर्ने भनेका छौ । यो अमिलियो, सुनियो यहाँ ।' 

किसानलाई योगदानका आधारमा पेन्शन दिने कुरा हावादारी भएको बताए । उनले भने 'योगदानका आधारमा किसानलाई पेन्शन दिने भनेको के हावादारी कुरा हो यो । यदि कृषि उपज बिमाको कुरा गरेको भए पनि बुझिन्थ्यो । पेन्सन दिने कुन संरचनाले त्यो पनि योगदानका आधारमा ? पेनसन प्राप्त गर्ने के मोडालिटी हुन्छ ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ