arrow

जर्मनीले युक्रेनमा अत्याधुनिक वायु रक्षा प्रणाली पठाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
olaf-scholz-olaf.jpg

काठमाडौं । जर्मनीले युक्रेनलाई मध्यम दायराको सतह देखि वायु प्रतिरक्षा प्रणाली आईआरआईएस टी आपूर्ति गर्ने भएको छ। किभ र जर्मन विपक्षी दलले युक्रेनमा हतियार डेलीभरी बढाउन अनुरोध पछि चान्सलर ओलाफ स्कोल्जले यस्तो निर्णय सुनाएका हुन् ।

'हामीले युद्धको शुरुआतदेखि निरन्तर डेलिभर गर्दै आएका छौं,' स्कोल्जले बुधवार भनेका छन् । रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता जर्मनीले  १ करोड ५० लाख राउण्ड भन्दा बढी गोला बारुद, एक लाख भन्दा बढी ह्यान्ड ग्रेनेड र  पाँच हजार भन्दा बढी एन्टिट्याङ्क माइनहरू पठाएको छ ।

'हालै सरकारले निर्णय गरेको छ कि हामी जर्मनीसँग आईआरआईएस टीको रूपमा रहेको सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली (युक्रेनलाई)प्रदान गर्नेछौँ,' स्कोल्जले बुन्डेस्टगमा सांसदहरूसँग बोल्दै भनेका छन् ।

यसअघि अमेरिकाले समेत युक्रेनलाई अत्याधुनिक रकेट प्रणाली पठाउने तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ