arrow

पोखराको कार्यपालिका सदस्यमा एमालेका आठ जना विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १८ बुधबार
karyapalika pokhara.jpg

पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका आठ जना विजयी भएका छन् ।

बुधबार भएको मतदानमा विजयी हुनेहरूमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा रहेका छन् ।

उनीहरू सबैले ८६/८६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी तीन जना दलित र अल्पसङ्ख्यकमा पनि एमाले उम्मेदवार नै विजयी भएका छन् । जसमा गोविन्द तुलाचन ८६, दीपक घिमिरे ८६ र निर्मल दियाली ८७ मतका साथ विजयी भए ।

वैशाख ३० गते भएको निर्वाचनबाट महानगरमा एमालेबाट ८६ र नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित भएका थिए ।

योसँगै पोखराको कार्यपालिकामा एमालेका १८ र नेपाली कांग्रेसका २३, एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ