arrow

कांग्रेस छाडेका हार्दिक पटेल अब मोदीका सिपाही 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
hardik-patel-india-politics.jpg

काठमाडौं । गत साता कंग्रेस आई परित्याग गरेका हार्दिक पटेल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्ने भएका छन् । पटेलले बिहीबार बिहान ट्वीट गर्दै आफूले नयाँ अध्याय शुरु गर्न लागेको र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा ‘सानो सिपाही’ को रूपमा काम गर्ने बताएका छन् । 

२८ वर्षीय पटेलले प्रधानमन्त्री मोदीको प्रशंसासमेत गरेका छन् । ‘म राष्ट्रिय, क्षेत्रीय र सामाजिक हितको भावनाकासाथ नयाँ अध्याय सुरु गर्न लागेको छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राष्ट्रिय सेवाको बृहत् कार्यमा म सानो सिपाहीको रूपमा काम गर्नेछु’, उनले भने ।

सन् २०१५ को पटिदार आन्दोलनपछि चर्चामा आएका पटेल सन् २०१९ मा कंग्रेस प्रवेश गरेका थिए । लगत्तै उनी कंग्रेस गुजरात प्रदेशको कार्यवाहक अध्यक्ष बनेका थिए । उनी भाजपाको खरो आलोचकसमेत थिए ।

गत महिना उनले कंग्रेस नेतृ सोनिया गान्धीलाई पार्टीबाट राजीनामा दिएको पत्र बुझाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ