arrow

युद्धले थलिएको युक्रेन पुग्यो विश्वकप फु्टबलको प्ले अफ फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
ukraine-world-cup-football-playoff.jpg

काठमाडौं । रुसको आक्रमणले थलिएको युक्रेन फिफा विश्वकप फुटबल छनोटको प्ले अफ फाइनलमा पुगेको छ । युद्धका कारण रोकिएको खेल बुधबार राति भएसँगै सो खेलमा स्कटल्याण्डलाई हराएर युक्रेन प्लेअफ फाइनलमा पुगेको हो । 

खेलमा स्कटल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । विजेताले यसै वर्ष हुने कतार विश्वकपमा स्थान बनाउने छ । खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए ।

४९ औं मिनेटमा रोमन यारेम्चुकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ७९ औं मिनेटमा कलुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २–१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा आर्टिम डोभयकले गोल गर्दै युक्रेनलाई ३–१ को सहज जित दिलाए ।

दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ