arrow

अध्ययनको निष्कर्ष : कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्या 

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ १९ बिहिबार
corona-covid-dalta-plus.jpg

पेरिस । कोभिडको संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ ।

 हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । 

युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ । 

सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड संक्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गतहप्ता जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ