arrow

बजेटमाथि अर्यालको टिप्पणी- गफै त त हो नि सम्धी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Padma_Aryal11.jpg

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले बजेट गफै त हो नि सम्धी भने जस्तो आएको टिप्पणी गरेकी छन् । बिहीबार बजेटमाथिको छलफलमा पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीले यस्तो टिप्पणी गरेकी हुन् । 

उनले भनिन्,' बजेट यति धेरै गफ पूर्ण कुरा हरू छन् । कार्यक्रम कान्वनयन को सुनिश्चितताका निम्ति बजेट चाहिन्छ कि चाहिँदैन । यति धेरै कार्यक्रम छन् त्यो भनेर साध्य नै छैन त्यसैले यो बजेट गफै त हो नि सम्धी भने जस्तो छ ।' 

बजेटमाथि आफ्नो बिचार राख्दै उनले बजेट पुर्वाग्रह पूर्ण भएको पनि बताइन् । उनले भनिन् ,' अघिल्लो सरकारको पालाको बजेट बुँदा नम्बर २६९ मा सिद्धार्थ र कोहोलपुर राजमार्गका लागि ७ अर्ब विनियोजन गरियो । परियोजनाको डिपिआर बनिसकेको छ । यो आर्थिक वर्षमा ठेक्का पनि लगाइएन कुनै त्यहाँ काम भनेर सुरुवात नै गरिएन । बजेट वक्तव्यमा सम्बोधन पनि हुन सकेन ।' 

 उनले बजेटले आजको अर्थतन्त्रको समस्यालाई बोध गर्न नसकेको टिप्पणी गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ