arrow

माछापुच्छ्रेका ग्राहकलाई काठमाडौँ पाथल्याब र ग्यालेक्सी क्लिनिकमा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
mbl-dischount-lab.jpg

काठमाडौँ । माछापुच्छ्रे बैङ्क  र काठमाडौँ पाथल्याब र डायगनोस्टिक सेन्टर प्राइभेट लिमिटेड (महाराजगन्ज) र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालि (महाराजगन्ज) बीच बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले काठमाडौँ पाथल्याबबाट प्रदान गरिने सम्पूर्ण  स्वास्थ्य सम्बन्धी सुविधा लिँदा  २५ प्रतिशतसम्म छुट पाउने छन्। त्यसै गरी ग्यालेक्सीबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धी (स्पेसियालिटी सेवा बाहेक) सुविधाहरूमा २५ प्रतिशतसम्म छुट पाउने छन्।

बैङ्कका ग्राहकहरूले उक्त छुट बैङ्कको डेबिट–क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्ने बैङ्कले जनाएको छ। बैङ्कले देशभर रहेका विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आएको जनाएको छ।

माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैङ्किङ सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ।



नयाँ