arrow

डेनमार्कले पायो ईयूको रक्षा सम्झौतामा स्थान

logo
एएनआई,
प्रकाशित २०७९ जेठ १९ बिहिबार
european-union_1618032671.jpg

कोपेनहेगन । रुस-युक्रेन द्वन्द्वले बढाएको चिन्ताका बीच डेनमार्कले युरोपेली सङ्घ (ईयू) रक्षा सम्झौतामा सामेल हुन मतदान गरेको छ । यससँगै सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा कोपेनहेगन समाहित भएको छ भने त्यसमा सहभागी नहुने ३० वर्ष पुरानो प्रावधान खारेज भएको छ । 

बुधवार भएको जनमत सङ्ग्रहमा डेनमार्कका बहुसङ्ख्यक नागरिकले रक्षा सम्झौताको पक्षमा मतदान गरेका छन् । उक्त कदमका पक्षमा ६६.९ प्रतिशतले मतदान गरेका प्रारम्भिक नतिजाले देखाएको डेनमार्क स्ट्याटिस्टिकले जनाएको छ । 

अब डेनमार्कलाई सैन्य सहयोग बारे छलफल गर्न ईयूमा स्थान प्राप्त भएको छ । हिजोको निर्वाचनमा ४२,६०,९४४ मतदातामध्ये ६५.७६ प्रतिशतले भोट हालेका थिए । 

युरोप र डेनमार्कको भविष्यका लागि सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा सहभागी हुनु सही भएको बताउँदै मतदान पछि प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले ईयू नीतिमा डेनमार्क विगतमाभन्दा बढी एकजुट हुने विश्वास व्यक्त गरे । 

सङ्घको रक्षा मामिलामा बाहिर नै रहने नीतिका कारण डेनमार्कले सङ्घका सैन्य कारबाहीमा भाग लिन पाएको थिएन भने आफ्नो सैन्य क्षमता विकासमा पनि सहभागी पाएको थिएन । गत मार्चमा डेनमार्कको संसद्ले सङ्घको रक्षासम्बन्धी सम्झौतामा सहभागी हुने-नहुनेबारोमा जुन १ मा जनमत सङ्ग्रह गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ