arrow

तुर्माखाँदमा क्याम्पस खोलिने, नागरिकलाई रेबिज विरुद्धको खोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १९ बिहिबार
Turmakhad_Gaunpalika.png

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिको पहिलो कार्यपालिकाको बैठकले विभिन्न नौ निर्णयहरु गरेको छ । 

बिहीबार बसेको बैठकले वडा नम्बर १ अन्तर्गत सञ्चालनमा रहेको श्री बिन्द्रासैनी माद्यमिक विद्यालयलाई माद्यमिक तहको कक्षा ११ र १२ संचालनका लागि तोकिए बमोजिम अनुमति दिने र जनशक्ति व्यवस्थापनका लागि तुर्माखाँद गाउँ कार्यपालिका, वडा कार्यालय तथा सहयोगी निकाय समेतको समन्वय तथा सहकार्यमा व्यवस्थापन गर्ने र तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ मा स्नातक तह अध्ययनमा सुनिश्चितता गर्न तुर्माखाँद बहुमुखी क्याम्पस स्थापना तथा संचालनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो । 

त्यस्तै गाउँपालिकाका सबै वडाहरुका नागरिकलाई बौलाहा कुकुर तथा जनावरले टोकेमा रेबिजविरुद्ध खोप सेवा प्रदान गर्न गाउँपालिकाले आवश्यक व्यवस्थापन गर्ने साथै उक्त कार्य स्वास्थ्य शाखाले सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । 

यी हुन् निर्णयहरु–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ