arrow

रुस–युक्रेन युद्धको सय दिन पूरा, ६८ लाख घरवारविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
russia-bombed-school-ukraine.jpg

काठमाडौं । रुसले युक्रेनमाथि युद्ध थालेको सय दिन पूरा भएको छ । गत फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो ।नेटोको सदस्यता लिने विषयमा रुसले युक्रेनमाथि आक्रमण थालेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई आफ्नो कब्जामा लिन चाहेसँगै युद्धले यो रुप लिएको हो । 

यो सय दिनमा युक्रेनको नक्सा नै बदलिएको छ । युक्रेन खण्डहरमा परिणत भएको छ । विश्वलाई अन्न उत्पादन गरेर दिने युक्रेनलाई रुसले तहसनहस पारेको छ । 

ओएचसीएचआरका अनुसार अहिलेसम्म ४ हजार ११३ जना सर्वसाधारणको ज्यान गएको छ । जसमा १ हजार ५५० पुरुष, १ हजार २३ केटी, १०० केटा र ६९ जना बालबालिका हुन् । १ हजार २७६ जना युवाको लिंग पहिचान भएको छैन । 

त्यस्तै ४ हजार ९१६ जना घाइते भएका छन् । 


६८ लाख युक्रेनीहरु पलायन भएका छन् । उनीहरु घरवारविहीन भएका छन् । युक्रेनी जनसंख्याको १५ प्रतिशत घरवारविहीन भएका हुन् । 

अर्थात् ६ मध्ये एक युक्रेनीले देश छाडेर अर्को देशमा शरणार्थी हुनु परेको छ । यूएनएचआरसीको रिपोर्टअनुसार ६८ लाखमध्ये करिब ३६ लाख युक्रेनी पोल्याण्ड पुगेका छन् । जसका कारण जनसंख्यामा १० प्रतिशतको उछाल आएको छ । 

सन् २०२१ मा युक्रेनको जनसंख्या ४ करोड ३० लाख भएकामा अब घटेर ३ करोड ७० लाख पुगेको छ । 

अर्कातर्फ ८० लाख युक्रेनीहरु आन्तरिक रुपले विस्थापित भएका छन् । जसका कारण ठूलो मानवीय संकट पैदा भएको छ । भनिन्छ युक्रेनमा हरेक सेकेन्ड एक बच्चा युद्ध शरणार्थी बनिरहेको छ । 

पोल्याण्डमा ३६.२७ लाख, रोमानियामा ९.८९ लाख, हंगेरीमा ६.८२ लाख, स्लोभाकियामा ४.६१ लाख मानिस शरणार्थी बनेका छन् । 

त्यस्तै रुसमा ९.७१ लाख, मोल्डोभामा ४.७९ लाख तथा बेलारुसमा ३० हजार मानिस शरणार्थी बन्न पुगेका छन् । 

यसकै कारण विश्व अहिले खाद्य संकटसँग जुध्दैछ । रुस–युक्रेन युद्धका कारण महंगी ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । 

कच्चा तेलको मूल्यमा २५ प्रतिशतले वृद्धि भएको छ । २४ फेब्रुअरीमा ९९.८ डलर प्रतिब्यारेल तेल पाइएकामा ३१ मेमा आइपुग्दा १२२.८ डलर पुगेको छ । 

रुसले देखाएको यो अमानवीय हर्कतका कारण उसमाथि पश्चिमी देशहरुले लगातार प्रतिबन्ध लगाउन थालेका छन् । 

रुसलाई घेराबन्दीमा पार्नका लागि अहिलेसम्म १० हजारभन्दा बढी प्रतिबन्ध लगाइएको छ । 

मिडिया रिपोर्ट्सका अनुसार युद्ध शुरु भएपछि रुसमाथि ५ हजार ८३१ वटा प्रतिबन्ध लगाइएको छ । सबैभन्दा बढी प्रतिबन्ध अमेरिकाले १ हजार १४४ वटा प्रतिबन्ध लगाएको छ । 

सन् २०१४ देखि अहिलेसम्म रुसमाथि १० हजार १५९ प्रतिबन्ध लगाइसकिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ