arrow

सेञ्चुरी बैङ्क र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
ccbl-siddhartha-group-mou.jpg

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवा सुविधाहरूमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

बैङ्कको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरू, मोबाइल बैङ्किङ प्रयोगकर्ताहरू, सम्पूर्ण ग्राहकहरू तथा बैङ्कका कर्मचारीहरूलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभरि सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टहरूमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा बैङ्कको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडका १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैङ्किङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ