arrow

रेणु र इजरेली राजदूत गोदारबीच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
renu-dahal-israel-ambassador-godar.jpg

रत्ननगर । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र नेपालका लागि इजरेली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा शुक्रबार दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । 

भेटका क्रममा महानगरपालिका प्रमुख रेणु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरेली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताइन् । 

भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् । 

चितवन कृषिमा अब्बल मानिन्छ । चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानी भनेर परिचित छ । भरतपुर महानगरलाई कृषिको केन्द्रका रुपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ । 

चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको दाहालले विचार व्यक्त गरिन् । भरतपुर सुन्दर, सफा, हराभरा सहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको दाहालको भनाइ छ । 

इजरेली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताए । उनले इजरेलबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुशी व्यक्त गरे । इजरेल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ