arrow

प्रशान्त महासागरमाथि क्यानाडाका विमानसँग टकराव गर्न खोज्दै चीन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
royal-canada-airforce-pacific-chinesejet.PNG

काठमाडौं । एसियामा सञ्चालित क्यानाडाली सैन्य विमानसँग चिनियाँ जेटहरुले थुप्रै पटक निकै नजिकबाट खतरनाक 'बज' गरेको ओटावाले जनाएको छ ।

उत्तर कोरिया नजिकैको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा उडान भर्दा आफ्ना विमान चालकले टकरावबाट बच्न बाटो परिवर्तन गर्नुपर्ने गरेको क्यानाडाले जनाएको हो ।

यस किसिमको चिनियाँ व्यवहारलाई क्यानाडाले अव्यवसायिक र सम्भावित जोखिमपूर्ण भनेको छ। कूटनीतिक तरिकाले सम्बोधन हुनपर्ने भन्ने क्यानेडाली भनाइरहेको यो बिषयमा चीनले कुनै टिप्पणी गरेको छैन ।

एक विज्ञप्ति जारी गर्दै क्यानेडाली सशस्त्र बलका मिडिया सम्बन्ध प्रमुख डान ले बुथिलियरले उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्र संघको प्रतिबन्धको कार्यान्वयनमा क्यानाडाको योगदान स्वरुपको अपरेशन नियोनका क्रममा यस्ता घटना भएको बताएका हुन् ।

'यी अन्तरक्रियाहरूमा पीपल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ) का विमानले अन्तर्राष्ट्रिय वायु सुरक्षा मापदण्डहरू पालना गरेनन्,' डान ले बुथिलियरले भनेका छन्, 'यी अन्तरक्रियाहरू अव्यवसायिक छन् र हाम्रो रोयल क्यानेडियन एयर फोर्स (आरसीएएफ) का कर्मचारीहरूको सुरक्षालाई जोखिममा पारेको छ।'

सीपी १४० अरोरा समुद्री गस्ती विमानसहितको क्यानाडाली विमानले जापानको काडेना एयर बेसबाट २६ अप्रिलदेखि २६ मेका बीचमा उडान भरेको थियो ।

कुनै बेला चिनियाँ विमानहरु यति नजिक पुगेका थिए कि त्यसमा रहेका चालक दलहरु स्पष्टरुपमा देखिएका थिए ।

सो अवस्थामा क्यानाडाली एयरक्रूले सम्भावित टकरावबाट बच्न आफ्नो उडान मार्गहरू द्रुत रूपमा परिवर्तन गर्नसमेत पर्याप्त जोखिम झेल्नु परेको डान ले बुथिलियरले बताएका छन् ।

यो घटना कहिले भयो भनेर एउटै मिति नतोके पनि निरन्तर यस्ता घटनाहरु भइरहेको उनले बताएका छन् ।

क्यानाडा, अमेरिका र प्रशान्त क्षेत्रमा सञ्चालित अन्य सहयोगी मुलुकका विमान र जहाजहरूले  विगतमासमेत चीनको यस्तै व्यवहारको विषय बाहिर ल्याएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ