arrow

जापानको जनसंख्या इतिहासमै पहिलो पटक धेरैले घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २० शुक्रबार
japan-populations.jpg

काठमाडौं । जापानमा सन् २०२१ मा जन्मदर कीर्तिमानी रूपमा घटेको छ भने, जनसङ्ख्यामा अहिलेसम्मकै सबैभन्दा ठूलो प्राकृतिक गिरावट भएको सरकारी तथ्याङ्कले शुक्रवार देखाएको छ ।

गत वर्ष जापानमा ८ लाख ११ हजार ६०४ जन्म भएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा यो सन् १८९९ यताकै सबैभन्दा कम हो ।

यस्तै सन् २०२१ मा मृत्यु हुनेको सङ्ख्या १४ लाख ३९ हजार ८०९ पुगेको छ । यसरी जापानको जनसङ्ख्या इतिहासमै पहिलो पटक ६ लाख २८ हजार २०५ ले घटेको हो ।

समग्र प्रजनन दर अर्थात् एक महिलाले उनको जीवनकालमा जन्माउने औसत बच्चाको सङ्ख्या लगातार छैटौँ वर्षमा १.३ मा झरेको छ ।

जापान पृथ्वीमा सबैभन्दा छिटो बुढ्यौली जनसङ्ख्या भइरहेको देश हो । कोभिड१९को महामारीले यसका आयामहरूलाई झनै झड्का दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ