arrow

ब्राजिलमा कोरोना विरुद्धको दोस्रो ‘बुस्टर डोज’ लगाउने तयारी

logo
सिन्ह्वा,
प्रकाशित २०७९ जेठ २० शुक्रबार
corona-brazil2_1617869997_1617961875.jpg

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसविरुद्धको दोस्रो ‘बुस्टर डोज’ खोप लगाउने तयारी भएको छ । 

ब्राजिलको सरकारले दोस्रो बुस्टर डोज लगाउने योजनालाई अनुमोदन गर्दै प्रक्रिया अगाडि बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

पहिलो चरणमा ५० बर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै दोस्रो बुस्टर डोज लगाउने व्यवस्था गर्न लागिएको अधिकारीहरूले जनाएका छन् । 

स्वास्थ्य मन्त्री मार्सेलो क्वीरोगाले बिहीबार दिएको जानकारी अनुसार सम्बन्धित निकायले थप प्रक्रिया अगाडि बढाएकाले खोप लगाउने कार्य पनि चाँडै हुनेछ ।

उनले भने, “सरकारी निकायले ६० बर्षभन्दा बढी उमेरका व्यक्तिलाई दोस्रो बुस्टर डोज खोप लगाउने अनुमति यही मे महिनामै पाइसकेको थियो, त्यसलाई बढाएर अव ५० बर्ष माथिका व्यक्तिलाई पनि लगाइने भएको हो ।” 

उनले यस सम्बन्धी थप विवरण भने पछि सार्वजनिक गरिने पनि जानकारी दिए । खोपको पहिलो वुस्टर डोज लगाएको चार महिनापछि मात्रै दोस्रो बुस्टर डोज लगाउन पाइने व्यवस्था गरिएको छ ।

दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढिरहेका बेला सरकारले चौंथो मात्रा खोप लगाउने निर्णय गरेको हो ।  

ब्राजिलमा अहिलेसम्म ७७.४ प्रतिशत मानिसले खोपको पूर्ण मात्रा लगाइसकेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ