arrow

फ्रान्समा मंकीपक्सबाट सङ्क्रमित हुने ५१ जना पुगे

logo
एजेन्सी,
प्रकाशित २०७९ जेठ २१ शनिबार
monkeypox-virus.jpeg

पेरिस। फ्रान्समा मंकीपक्सका ५१ जना सङ्क्रमित भेटिएका छन्। विश्वभर मंकीपक्सका सङ्क्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्।

युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो सङ्क्रमण मे महिनामा देखिएको थियो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स सङ्क्रमणका ७०० केस देखिएका छन्।

फ्रान्समा सङ्क्रमितमध्ये सबै जना पुरुष छन्। उनीहरू २२ देखि ६३ वर्ष उमेर समूहका छन्। उनीहरूमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो। उनी सङ्क्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन्।

हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महसुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन्। मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रूप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने सङ्क्रमण सामान्य देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ