arrow

महेन्द्रनगर, कञ्चनपुरमा डिशहोम फाईबरनेटका शोरूम उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २१ शनिबार
dishhome-fibernet-kanchanpur.jpg

काठमाडौँ। नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। ज्येष्ठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ।

सो रुम समुद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर निर्मल आर्चाय र सेल्स अफिसर कमल रिमाले उपस्थिति रहेको थियो भने डिलरका तर्फ बाट र डिलरका म्यानेजर जगदीश भट्टको उपस्थिति रहेको थियो।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

३ सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने नव दुर्गा पशुपालन तथा कृषि फार्मले सञ्चालकले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ