arrow

नेपाल र भारतबीच व्यापार बढाउन रक्सौलमा खाद्यान्ह नमूना परीक्षण प्रयोगशाला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
IMG-20220605-WA0011.jpg

रक्सौल । भारतीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले रक्सौल बिहारमा राष्ट्रिय खाद्य प्रयोगशालाको उद्घाटन गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा सो उद्घाटन सम्पन्न भएको हो । 

रक्सौलमा अवस्थित र भारतीय खाद्य संरक्षा एवम्मानक प्राधिकरण (एफएसएसएआई) द्वारा स्थापित राष्ट्रिय खाद्य प्रयोगशाला भारत प्रवेश गर्ने खाद्यान्न नमूनाहरुको परीक्षण गर्नका लागि उन्नत सुविधा र पूर्वाधारहरुले सुसज्जित आधुनिक प्रयोगशाला हो । 

यस प्रयोगशालाले नेपालको खाद्यान्न र कृषि निर्यातको नमूना परीक्षणमा लाग्ने समयको बचत गरी भारत र नेपालबीचको द्विपक्षीय व्यापार बढाउन सहयोग गर्नेछ । 

हाल यी नमूनाहरुको परीक्षणका लागि दिल्ली वा कोलकाता पठाउनुपर्ने अवस्था रहेको छ । लामो समयदेखि नेपाली व्यापारीहरुले रक्सौलमा स्तरोन्नत खाद्य प्रयोगशालाको निर्माणका लागि माग गर्दै आएकोमा अहिले आएर पूरा भएको हो । 

यस खाद्य प्रयोगशालाको निर्माण  ‘छिमेकी पहिलो’ नीति अनुरुप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने भारतीय प्रतिबद्घताको अर्को प्रतिबिम्बको रुपमा रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ