arrow

बङ्गलादेशमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो, ४५० भन्दा बढी घाइते भएको पुष्टि

logo
एएनआई,
प्रकाशित २०७९ जेठ २२ आइतबार
fire-final_1618024271.jpeg

ढाका, (बङ्गलादेश) । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ४४ पुगेको छ ।

 उक्त घटनामा परी घाइते भएकाको सङ्ख्या ४५० रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । 

चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब ९:३० बजे आगलागी भएको थियो ।  

घाइतमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीअधिकारी घाइते भएका जनाइएको छ । 

यहाँका दर्जनौँ अग्निनियन्त्रक समूह आगो निभाउन लागिपरेका बताइएको छ । आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए । चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पुष्टि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ