arrow

लक्ष्मी बैङ्कले आफ्नो ग्रिन बचत खाता पुनः सञ्चालन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
laxmi-bank-logo-final-2079.jpg

काठमाडौँ। ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैङ्कले आफ्नो वातावरण मैत्री हरित बचत खाता “ग्रिन सेभिङ्ग” पुनः सञ्चालनमा ल्याएको छ। हालको डिजिटल युगको फाइदा उठाउदैं अनलाइन खाता खोल्ने सेवा, भिडियो–केवाईसी र डिजिटल बैङ्किङ जस्ता सेवाहरूको सम्मिश्रणले सो खाता पूर्ण रूपमा कागजविहीन रहेको छ। साथै यस खातामा ग्राहकहरूले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रिन बैङ्किङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैङ्किङ) निःशुल्क प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ।

लक्ष्मी बैङ्कको “एक खाता, एक रुख“ को प्रतिबद्धता अनुरूप “गो ग्रिन“ अभियानमासहयोग पुग्ने गरी प्रत्येक ग्रिन सेभिंग खाताको बापत बैङ्कले एउटा रुख रोप्ने छ। यसका साथै ग्रिन सेभिंग खाताबाट सङ्कलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरित गृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैङ्कले जनाएको छ।

यो पहल मार्फत लक्ष्मी बैङ्कले आफ्नो ’ओरेन्ज लभ्स ग्रिन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ। यसै प्रतिबद्धता अन्तर्गत बैङ्कले (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ। सो साझेदारी मार्फत बैङ्कले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू अपनाउने छ जसले बैङ्कको नेट–जिरो यात्रा अघि बढ्ने छ।

साथै, ग्राहकहरूलाई डिजिटल बैङ्किङ माध्यमहरू अपनाई ग्रिन बैङ्किङतर्फ प्रोत्साहन गर्नका लागी लक्ष्मी बैङ्कले विभिन्न अफरहरू पनि ल्याएको थियो। विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरूले मोबाइल मनी द्वारा कुनै पनि क्युआर भुक्तानी गर्दा १० प्रतिशत(प्रति व्यक्ति रु.५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो। यति मात्र नभई सो दिन क्युआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने थियो।

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरूले आफूले सङ्कलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैङ्कको ग्रिन प्याकेज (जस अन्तर्गत मोबाइल मनि, डेबिट कार्ड, इन्टरनेट बैङ्किङ तथा इमेल अलर्ट सुविधाहरू पर्दछ) १ वर्षको लागी निःशुल्क नवीकरण गर्न पनि सकिने बैङ्कको विज्ञप्तिमा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ